Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवरात्रको छैटौँ दिन : साहसकी प्रतिक कात्यायनी देवीको पूजा गरिँदै

काठमाडौँ : नवरात्रको छैटौँ दिन सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ ।

दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।

प्रकाशित मिति: Oct 15, 2018

प्रतिक्रिया दिनुहोस्