Logo
१५ चैत्र २०८०, बिहीबार
(October 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपरिवार कै शैलीमा ज्ञानेन्द्र शाहलाई मुम्बईको लक्षचण्डी यज्ञमा स्वागत र सम्मान

पत्नि-बुहारीसहित मुम्बई पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह लक्षचण्डी यज्ञमा सामेल भएका छन् ।

शिवशक्ति शाहुलेश्वरानंद फाउन्डेशनद्धारा आयोजित
लक्षचण्डी यज्ञमा सहभागी हुन पूर्व राजा शाह सुरु भएको पाँचौँ दिन आइतबार सहभागिता जनाएका हुन् ।

श्री शिवशक्ति राहुलेश्वरानंद फाउन्डेशन तथा त्यसका प्रमुखको निमन्त्रणमा पूर्व राजा, पूर्व रानी, पूर्व युवराज्ञी हिमानी र उनका छोरा हृदयेन्द्र उक्त यज्ञमा सहभागी हुन मुम्बई पुगेको हुन् ।

पुर्वराजपरिवारलाई राहुलेश्वरानंदसहितले यज्ञमा स्वागत गरेका थिए । शारदीय नवरात्रका अवसरमा असोज २४ गतेदेखि आयोजित उक्त यज्ञ कात्तिक १ मा समापन हुनेछ ।

हिमालयस्थित अनेकौँ ऋषिगण, खासगरी स्वामी त्रिजटा, महावतार बाबा र निखिलेश्वरानंदद्धारा दीक्षित राहुलेश्वरानंद नेपालको आध्यात्मिक उत्थानमा सक्रिय रही आएका छन् र नेपालमा तपस्या नगरी सिध्दी प्राप्त नहुने मान्यता राख्छन् ।

शारदीय लक्षचण्डीमा नेपालको पूर्व राजपरिवारसँगै करिब एक लाख भारतीय श्रद्धालुले भाग लिने बताइएको छ ।

शिवसेना नेपालको संयोजनमा पुर्व राजपरिवार त्यहाँ पुगेका हुन् । पुर्वराजा शाह त्यहाँ पुग्दा राजपरिवार कै शैलीमा उनलाई सम्बोधन सहित स्वागत गरिएको थियोे ।

प्रकाशित मिति: Oct 15, 2018

प्रतिक्रिया दिनुहोस्