Logo
१३ बैशाख २०८१, बिहीबार
(October 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवबारे इश्वर पोखरेलको प्रतिक्रिया : “उहाँलाई सांसद बनाउने कुरा पार्टीभित्र छलफलै भएको थिएन”

काठमाडौं : उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य इश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको दावी गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टी भित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया पनि दिए ।
उनले  नेता गौतमलाई सांसद बनाउने विषय मुलुकमा अस्थिरता पैदा गर्ने गरी षडयन्त्रमूलक ढंगले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नु परेको पनि बताए ।
दसैं, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर शनिबार आयोजित चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई स्वभाविक ढंगले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधिविरुद्ध एक्लै भएपनि आफू उभिने पनि स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले कामै गरेन भन्ने खालको टिप्पणी न्यायोचित नभएको पनि बताए । उनले केही कमी कमजोरी भने रहेको उल्लेख गर्दै त्यसलाई सच्याउँदै अघि बढने दृढता पनि व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई यस बीचमा उच्च प्राथमिकता दिएको पनि स्मरण गराए ।

प्रकाशित मिति: Oct 13, 2018

प्रतिक्रिया दिनुहोस्