Logo
८ बैशाख २०८१, शनिबार
(October 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

‘हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ,’ ओलीले भने, ‘यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौँ। जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पुर्याएर अन्नको निर्यात पनि गर्ने गरेको छ।’

अनिल पौडेलले लेखेको पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताएका छन्।

सहकारी अभियन्ता तथा नेकपाका नेता केशव बडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले बडालको जीवन नै सहकारीमा होमिएको बताए।

‘नेपालको सहकारी आन्दोलनमा बडालजीको योगदान अतुलनीय छ, पार्टीका हरेक बैठकमा उहाँले सहकारीका एजेण्डाअघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरुलाई समेत बुझाउने गर्नु भएको छ,’ उनले भने।

मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छँदै प्रशंसा गरेर पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीेले लेखक पौडेललाई धन्यवाद दिए।

‘त्यस्ता मान्छेको जीवित छँदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ,’ ओलीले भने, ‘बडालजी त्यस्ता थोरैमध्येका एकजना पात्र हुनुहुन्छ। जसको जीवनकाल मै प्रशंसा भएको छ।’

प्रकाशित मिति: Oct 13, 2018

प्रतिक्रिया दिनुहोस्