Logo
१३ बैशाख २०८१, बिहीबार
(October 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु, गम्भीर घाइते तीन जनाको उपचार काठमाडौंमा हुँदै

धादिङमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्। 

पृथ्वीराजमार्ग अन्तर्गत भिमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना भएको हो।

दुर्घटनामा धादिङकै थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६५ वर्षीया सावित्री तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामकुमार महतोले जानकारी दिए।

महेश र सोमायाको घटनास्थलमै र सावित्रीको उपचार गर्न धार्के ल्याउँदै गर्दा बाटामा मृत्यु भएको उनले बताए।

दुर्घटनामा चालकसहित तीन जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार टिपर चालक धादिङ गल्छी–४ का ४० वर्षीय हरेन्द्र तामाङ, थाक्रे–१० का ४० वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाउँका ४ वर्षीय रोवित तामाङ घाइते भएका हुन्।

अहिले उनीहरूको उपचार काठमाडौं महालक्ष्मीस्थानमा रहेको गणेशमान मेमोरियल अस्पतालमा भइरहेको छ। चालक हरेन्द्र र इन्द्रबहादुरको अपरेसन गर्नुपर्ने अवस्था रहेको र बालकको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: Oct 13, 2018

प्रतिक्रिया दिनुहोस्