Logo
७ बैशाख २०८१, शुक्रबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टी-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

 काठमाडौँ- टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत पूर्व क्षेत्रको प्रतियोगिता नेपालले जितेको छ। अन्तिम खेलमा सिंगापुरसँग वर्षाका कारण अंक बाढ्नु परेपनि नेपाल नेटरनरेटमा शीर्षस्थानमा रह्यो।

नेपाल र सिंगापुरको ६ खेलबाट समान ११ अंक छ। सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो। नेपालले लक्ष्य पछ्याउनेक्रममा तीन बल मात्र बलिङ भएपछि वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल सुचारु हुन सकेन।

पहिला ब्याटिङ गरेको सिंगापुरले १७ ओभर तीन बलमा सबै विकेट गुमाएर ८१ रनमात्र जोड्न सक्यो। सिंगापुरलाई सस्तोमा समेट्न सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । सोमपाल कामी र करण केसीले दुई दुई विकेट हात पारे। ६० रनमा केवल दुई विकेट गुमाएको सिंगापुरले त्यसपछि २१ रनको अन्तरमा अलआउट भएको हो।

प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेका थिए। अब नेपालले एसियाली छनोट खेल्ने छ। एसियाली छनोटमा ६ टोली रहनेछन्। त्यहाँबाट शीर्ष दुई टोलीले विश्वस्तरको छनोटमा स्थान बनाउनेछन्।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्