Logo
१३ बैशाख २०८१, बिहीबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयमै रक्सी उपहार : दूतावासले सस्तो रक्सी पठाएको भन्दै मन्त्रीहरुको कटाक्ष

काठमाडौं : सरकारका मन्त्रीहरुलाई शुभकामनासँगै मन्त्रालयमै रक्सी उपहार आउन थलेको छ ।

आधा दर्जन भन्दा बढी मन्त्रीहरुलाई चिनियाँ तथा भारतीय दुतावासले शुभकामना पत्रसँगै मन्त्रालयहरुमा नै रक्सी समेत उपहारको रुपमा आएका हुन् ।

‘ह्याप्पी दशै–२०७५’ को स्टीकर टाँसेर प्राय: सबै मन्त्रीहरुकोमा रक्सी उपहार रूपमा पुगेको सिंहदरबार स्रोतले बताएका छन् ।

स्रोतका अनुसार चिनियाँ दूतावासले ‘ग्रिन लेवल’ र भारतीय दूतावासले ‘चिवास टुवेल इयर्स’ रक्सीको बोतल उपहार रूपमा पठाएका हुन् ।

“ग्रिन लेवल” तुलनात्मक रुपमा महंगो भएपनि “चिवास टुवेल इयर्स” अलिकित सस्तो रक्सी मानिन्छ ।

भारतीय दुतावासले सस्तो रक्सी उपहारको रूपमा पठाएको भन्दै मन्त्रीहरुले कटाक्ष गर्ने गरेका छन् ।

एक जना मन्त्रीले छिमेकी मुलुकका दुतावासबाट दशैंको उपहार स्वरुप रक्सी उपहार आएको स्वीकार गरे । “बिगतमा पनि आएकै हो यसपालि अलिक सस्तो रक्सी पठाएका छन्” उनलेे भने “यो उहाँहरुको माया हो” ।

दुवै दूतावासका कर्मचारीले मन्त्रीहरुको सचिवालय-सचिवालय पुगेर दशैँको शुभकामना सहितको स्टीकर टाँसेको रक्सी उपहार दिएर फर्केका छन् ।

‘हामीलाई चिनियाँ र भारतीय दूतावासको तर्फबाट रक्सीका उपहार आएका थिए । पछि बुझ्दै जाँदा सबै मन्त्रीकहाँ पुगेका रहेछन्,’ एक मन्त्रीका नीजि सचिवले भने, ‘दिउँसै सिंहदरवारमा रक्सीका बोतल उपहार ल्याएर के सन्देश दिन खोजेका हुन्, केही बुझिएन ।

कम्तीमा क्वार्टरमा पुर्याएको भए पनि गोपनियता त बच्थ्यो । मन्त्रीज्यूको नीजि सचिवालयको टेबलमा मन्त्रीज्यूको उपहार भनेर छाडेर हिँडे ।’

हामीले ओली सरकारका ६ मन्त्रीका सचिवालयमा सम्पर्क गर्दा सबैले रक्सी उपहार आएको पुष्टी गरे । र, उनीहरुले आफ्नो, मन्त्री र मन्त्रालयको नाम भने उल्लेख नगर्न आग्रह गरे ।

चीनको उपहार ‘ग्रिन लेवल’, भारतको ‘चिवास’
‘ह्याप्पी दशै–२०७५’ को स्टीकर टाँसेर मन्त्रीकहाँ रक्सी उपहार पुगेको थियो ।

यस्तो उपहार पाउने अर्का एक मन्त्रीका नीजि सचिवले चिनियाँ दूतावासले ‘ग्रिन लेवल’ र भारतीय दूतावासले ‘चिवास टुवेल इयर्स’ रक्सीको बोतल पठाएको बताए ।

अपमान भएको मन्त्रीको भनाई
भारतीय दूतावासले सस्तो रक्सी पठाएर मन्त्रीहरुको अपमान गरेको मन्त्रीहरुबीच छलफल समेत भएको छ ।

‘अनौपचारिक कुराकानीमा मन्त्रीहरुवीच भारतले रक्सीमा पनि अपमान गरेको छलफल नै भयो ।’ अर्को मन्त्रीका नीजि सचिवले सुनाए, ‘भारतले सस्तो रक्सी दिएको मन्त्रीज्यूहरुलाई मन परेको छैन ।’

कति मुल्य छ उपहार आएको रक्सीको ? 
चिनियाँ दुतावासबाट मन्त्रीलाई दिएको ‘ग्रिन लेबल’ एक लिटरवाला बोतल रक्सीको मुल्य आठ हजार छ । त्यसै गरी भारतीय दुतावासले दिएको ‘‘चिवास टुवेल इयर्स’ रक्सीको एक बोतलको मूल्य पनि झन्डै उस्तै पर्न आउँछ ।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्