Logo
१५ चैत्र २०८०, बिहीबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपाधि जित्न सिंगापुरले नेपाललाई दियो ८२ रनको लक्ष्य,सन्दीपले लिए चार विकेट

काठमाडौं– आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ। 

मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको सिंगापुर १७.३ ओभरमा ८१ रनमा अलआउट भयो। 

सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनले सबैभन्दा बढी २५ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। यस्तै मनप्रित सिंह र सिद्धान्तले १० -१० रन जोडे।

सिंगापुरको इनिङ ध्वस्त पार्न सन्दीप लामिछानेले ४ विकेट लिए। सन्दीपले ३.३ ओभरमा ४ रन खर्चिए।  करण केसी र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। ललितनारायण राजवंशी र बसन्त रेग्मीले १-१ विकेट हात पारे। 

लिगको यो अन्तिम खेल फाइनल जस्तै हो।  किनकी खेल जित्ने टिम आइसिसी विश्व टी–२० एसिया क्षेत्रीय समूह ‘बी’ को च्याम्पियन बन्ने छ।

नेपालले सुरुवाती पाँच खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ।  सुरुवाती पाँचै खेल जितेको सिंगापुरले पनि विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाइसकेको छ। नेपाल र सिंगापुरको समान १०–१० अंक छ। नेट रनरेटमा भने नेपालले सिंगापुरलाई पछि पारेको छ।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्