Logo
१३ बैशाख २०८१, बिहीबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप टी–२० एसिया क्षेत्र छनोटः नेपालसँग सिंगापुर भिड्दै

काठमाडौं : मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा अाज नेपालले  सिंगापुरसँग खेल्दै  छ ।

नेपालले आज सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ।खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने छ । जारी प्रतियोगितामा नेपालपछि सबैभन्दा बलियो टोली सिंगापुरलाई लिइएको छ । तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ।

उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन् । अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्