Logo
१३ बैशाख २०८१, बिहीबार
(October 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद बन्ने सपना अधुरै रहेपछि बामदेवले खोले मुख : ओली-प्रचण्डको चर्को आलोचना

काठमाडौं : उपनिर्वाचन मार्फत सांसद बन्ने भनिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमको पार्टी भित्र निकै आलोचना भएपछि उनले नेतृत्वप्रती आक्रोश ब्यक्त गरेका छन् ।

बर्दियाबाट काँग्रेसका उम्मेदवार संजय गौतमसँग हारेका नेता गौतम यतिबेला निकै चर्चाका पात्र बनेका छन् । उनले सांसद बन्नका लागि विभिन्न प्रयासहरु गरेका छन् ।

उनले गरेका धेरै जसो प्रयासहरु असफल भएपनि पछिल्लो समय उनले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरको मन जित्न सफल भएका हुन् ।

वामदेवसँग आन्तरिक सल्लाहपछि रामवीरले आफ्नो सांसद पद छाड्ने समेत पत्रकार सम्मेलनमार्फन् जानकारी गराइसकेका छन् ।

रामवीरले राजीनामा दिएसँगै उनको निर्वाचन क्षेत्र नम्बर ७ काठमाडौंमा उपनिर्वाचन गराएर वामदेव सांसदका लागि उम्मेदवार बन्ने निश्चित भइसकेको थियो ।

तर, त्यस क्षेत्रका मतदाता, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा वामदेवको सांसद सपना र रावमवीरको राजीनामाको विषयका निकै आलोचना हुने गरेको छ ।

निकै आलोचना भएपछि उनले आफ्नै पार्टीका कार्यकर्ताहरुले आफ्नो विरोध गरेका बताएका छन् ।

उनले बर्दियामा जुन समुह आफुलाई हराउन उद्यत थियो, त्यही समुह काठमाडौंमा पनि सक्रिय भएको बताएका छन् ।

बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेसका सञ्जय गौतमसँगको प्रतिस्पर्धामा ओली गुटका कार्यकर्ताहरु वामदेवको विपक्षमा रहेका थिए । जसको परिणाम बामदेव हारेका थिए ।

उनलेे आफ्ना निकटतमहरुसँग खासगरी अध्यक्ष एवं प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्ने गरेका छन् ।

“प्रचण्डमाथी त अझैपनि आफ्नो भरोसा छ” उनको भनाई उदृत गर्दै उनी निकटतम एक नेताले भने- ओली समूह आफू विरुद्ध योजनात्मक रूपमा लागेका छन् ।

राजिनामा दिन तयार भैसकेको साथीलाई समेत बिगार्ने कार्य भैरहेको भन्दै उनलेे पछिल्लो समय प्रचण्डसमुहका केही साथीहरू पनि आफू विरुद्ध लागेको बताएका छन् ।

प्रकाशित मिति: Oct 12, 2018

प्रतिक्रिया दिनुहोस्