Logo
१३ बैशाख २०८१, बिहीबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा समन्वय अधिकारी साह ४० हजार घुससहित पक्राउ

वीरगञ्ज : वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले ४० हजार घुस रकमसहित साहलाई पक्राउ गरेको हो ।

साहलाई अख्तियारले वीरगञ्ज-१४ चिनीमिल स्थित क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्