Logo
|| October 11, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता

बागलुङ : गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् ।

लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताए। सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने निर्णय नगरसभाबाट गरिएको हो । ‘लगत लिने काम अन्तिम चरणमा छ,’ उनले भने । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको गैरेको भनाइ छ ।

‘ज्येष्ठ नागरिकको सेवा, सुविधाप्रति हामी संवेदनशील छौँ,’ उनले भने । नियमित रुपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ । नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थामा महिलालाई यातायात खर्च दिने भएको छ । सदरमुकामसम्म आउन ट्याक्सी भाडाबापत रु तीन हजार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार १५:५७

प्रतिक्रिया दिनुहोस्