Logo
१३ बैशाख २०८१, बिहीबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानसिक स्वास्थ्य समस्या विश्वकै एक गम्भीर समस्या रहेको छ : मन्त्री यादव

काठमाडौं : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्वमानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।

बेलायत (संयुक्तअधिराज्य) सरकार, विश्व स्वास्थ्य संगठन तथाआर्थिक सहयोग र विकास सम्बन्धी संगठन (ओईसीडी)को संयुक्त आयोजनामा लण्डनमा नेपाली समय अनुसार बुधबार राति सम्पन्न सम्मेलनलाई सम्बोधनगर्दै उपप्रधानमन्त्री यादवले निम्न तथा मध्यम आय भएका मुलुकहरूका हरेक पाँच जना मध्ये एकजना मामानसिक रोगको समस्या रहेको बताए । उनले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको वीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित भएको बताए ।

‘नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन’, उपप्रधानमन्त्री यादवले भने, ‘अशिक्षा, वेरोजगारी, बसाइसराइ, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिवीको कारण नेपालमामानसिक रोगीहरूको संख्यादिनानुदिन बढीरहेको छ ।’नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अंगीकार गरेको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘नेपाल सरकार न्यूनत मव्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिवद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यानदिइनेछ ।’

विश्व सम्मेलनको पहिलो दिनउपप्रधाएवम् स्वास्थ्यमन्त्री यादवले सम्मेलन आयोजक समितिकको अध्यक्ष टिम केण्डालसँग शिष्टाचार भेट गरेका थिए । भेटमा मानसिक रोगको निदानमाद्विपक्षीय सहयोग सम्बन्धमावार्ता भएको थियो । १० अक्टोबरमा बेलायतका प्रधानमन्त्री थ्रिसर मेद्वारा डाउनिङस्ट्रिट स्थित प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत समारोहमा स्वास्थ्य मन्त्री यादव सरिक भएका थिए ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्