Logo
६ बैशाख २०८१, बिहीबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर यसरी मनाइयो ६३ औँ प्रहरी दिवस (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अमर प्रहरीप्रति ७नतसद्धाञ्जली अपर्ण गर्दै । तस्वीर : प्रदीपराज वन्त

काठमाडौँ : नेपाल प्रहरीले बिहीबार विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । प्रहरी मुख्यालय नक्साल लगायत देशभर दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

मुख्यालय नक्साल स्थित कार्यक्रममा प्रहरी सेवामा रहेका वा पूर्व प्रहरीहरुलाई सम्मानित गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च अधिकारीहरु सहभागी थिए । प्रधानमन्त्री ओलीले शान्तिसुरक्षा देशलाई समृद्धिको बाटोमा लैजाने पहिलो आधार रहेको बताए ।

देशभर यसरी मनाइयो : 

प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मायाको चिनो प्रदान गर्दै प्रहरी प्रधान कार्यालयमा प्रहरी दिवस प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मायाको चिनो प्रदान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस
६३औँ प्रहरी दिवसको अवसरमा प्रदेश–५ प्रहरी कार्यालय तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महरा । तस्वीर : नारायणी रजौरे, दाङ
६३औँ प्रहरी दिवसको अवसरमा प्रदेश–५ प्रहरी कार्यालय तुलसीपुरमा आयोजित कार्यक्रममा स्मारकमा माल्यार्पण गर्दै सभामुख कृष्णबहादुर महरा । तस्वीर : नारायणी रजौरे, दाङ
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै । तस्वीर : मनोज दाहाल, विराटनगर

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा बिहीबार आयोजित समारोहमा प्रहरी संगठनलाई सहयोग पु¥याएवापत सम्मानपत्र प्रदान गर्दै । तस्वीर : मनोज दाहाल, विराटनगर
सुर्खेतमा बिहीबार भएको ६३औँ प्रहरी दिवस समारोहमा मन्तव्य व्यक्त गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीर : शुरबहादुर सिंह, सुर्खेत
६३औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट प्रहरीलाई नगदसहित सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा । तस्बिर : कृष्ण न्यौपाने, दमौली, तनहुँ
६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी जवान आरती दर्जीलाई नगद सहित पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, प्रहरी उपरिक्षक शिद्धीविक्रम शाह र कृष्णदल गणका प्रमुख सेनानी डम्बरबहादुर बोहोरा । तस्बिर : कृष्ण न्यौपाने, दमौली, तनह

जिल्ला प्रहरी कार्यालय चितवनले ६३औं प्रहरी दिवसको अबसरमा भरतपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरु । तस्बिर : नारायण अधिकारी, चितवन

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्