Logo
७ बैशाख २०८१, शुक्रबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईश्वर पोखरेललाई गौतमको जवाफ : ‘नआत्तिनुस् म रक्षा मन्त्रालय सम्हाल्न जान चाहेको होइन’

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलमाथि गम्भिर आरोप लगाएका छन् ।

‘ईश्वर कामरेडले म विरुद्ध जुनखालको गतिबिधिहरु गरिरहेका छन् पछिल्ला दिनमा त्यो निकै नै असहनिय कुरा हो’ गौतमको भनाई उदृत गर्दै एक नेताले भने ‘ईश्वर कामरेड विरुद्ध मैले अहिलेसम्म कुनै त्यस्तो केहि कार्य गरेको छैन तर अब उहाँ गतिबिधि भने अत्ति नै भयो, मलाई असहनिय भएको छ ।’

उनले भने ‘ईश्वर कामरेडजीले कुनै चिन्ता लिनु पर्दैन, म रक्षा मन्त्रालय सम्हाल्न प्रतिनिधिसभामा जान चाहेको होइन । मेरो कुनै त्यस्तो योजना पनि छैन ।’

गौतम प्रतिनिधिसभामा आँउदा आफूमाथि खतराको रेखा मडारिने बुझेका पोखरेलले बामदेवलाई सकरी हुन्छ रोक्ने कोसिस गरेको बामदेव समुहको आरोप छ ।

एमाले श्रोतका अनुसार पार्टीमा पछिल्लो समय पोखरेलले आफ्नो प्रतिद्वन्द्विका रुपमा नेता गौतमलाई नै लिने गरेका छन् । पोखरेलले नै नेता गौतमको आवश्यकता प्रतिनिधिसभामा रहेको भन्दै डोल्पा नभए अन्य क्षेत्रको खोजी गरिनु पर्ने बताएर औपचारिक्ता निभएका थिए । तर, साँच्चिकै उनका लागि राजीनामा नै आइहाल्छ भन्ने चाँही उनलाई लागेको थिएन ।

रामवीर मानन्धरले राजीनामा गरेर नेता गौतमलाई ल्याउन म तयार छु भनेपछि एकाएक तातिएका पोखरेलले पार्टी भित्र रडाको मच्चाएको समाचार श्रोतको दावी छ ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्