Logo
८ बैशाख २०८१, शनिबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतम बुद्ध भारतमा जन्मिएको प्रचार गरेका भनिएका सांसद साह भन्छन्-‘मेरो चरित्र हत्या गरिँदैछ’

काठमाण्डौं : प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।,

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएका दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ । कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यानाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद सहा विशिष्ट अतिथि थिए ।

बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

यसैबीच,  नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप साहले आपत्ति जनाएका छन् । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद शाह विशिष्ट अतिथिका रूपमा भएपछि यसको गलत फाइदा उठाउदै आफ्नो चरित्र हत्या गर्न खोजिएको सांसद साहले जनाएका छन् ।

नागरिक टाइम्ससँगको कुराकानीमा साहले भने, ‘मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा म त्यहाँ पुगेको हुँ । त्यस कार्यक्रममा बुद्ध भारतमा जन्मिएको भनेर कुनै किसिमको प्रचार गरिएको पनि छैन र मैले कतै यस्तो कुरा बोलेको पनि छैन् । म आफै बुद्ध भुमिमा जन्मेको मान्छे, यस क्षेत्रको विकास र बुद्धको जन्मभुमिलाई अन्तराष्ट्रियकरण गर्नमा लागि परेको मान्छे हुँ । यसैमा केहि मानिसहरुलाई मन परेको छैन । गलत प्रचार गरेर बुद्धको जन्मस्थललाई विवादित बनाएर राजनीति गर्न खोजेका छन् ।’

कुराकानीको क्रममा साहले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै काठमाडाैंमा सम्पन्न भएको विमस्टेक सम्मेलनमा समेत बुद्ध नेपालमा जन्मेको भनेर भनि सकेपछि यसमा विवादको कुरा के रह्यो र ? भारतका प्रधानमन्त्रीले यसरी बोल्नु भनेको सामान्य कुरा होइन नी । अझ म नेपालको माटोमा हुर्केको मान्छे । बुद्धको जन्मस्थलमा जन्मेको मान्छे । यहिबाट जनताको भारी मतले जितेको मान्छे । उल्टै बुद्ध भारतमा जन्मे भनेर भन्छु होला त ? मेरा विरुद्ध षडयन्त्र भएको छ । म यसको खुलेर सामना गर्न तयार छु । बुद्ध नेपालमा जन्मिएका हुन् । यसमा विवाद गर्नु पर्ने कुरै छैन् । कसैले बुद्ध भारतमा जन्मेका हुन भन्छ भने मेरै नेतृत्वमा आन्दोलन हुन्छ ।’

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्