Logo
८ बैशाख २०८१, शनिबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेवको सांसद बन्ने सपना अधुरै : नेकपामा रामवीरलाई राजीनामा गराउनबाट पछि हटाइयो

काठमाडौं : नेकपा नेता बामदेव गौतमको लामो प्रयासपछि सफल हुन लागेको सांसद सपना फेरि अधुरै रहने भएको छ । गौतमलाई सांसद बनाउनका लागि काठमाडौं क्षेत्र नम्बर ७ का नेकपाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने बताएका थिए ।

तर, सामाजिक सञ्जाल तथा नेकपा भित्रै उनको राजिनामाको चर्को विरोध भएपछि नेकपाले रामवीरलाई राजीनामा गराउने निर्णयबाट पछाडी हटेको छ ।

खासगरी नेकपाका नेता भीम रावलको अडानपछि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वामदेवलाई चुनावमा नलडाउने पक्षमा स्रोतको दावी छ ।

नेकपाका प्रदेश ७ का इन्चार्ज समेत रहेका नेता भीम रावलले वामदेवले काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने विषयमा नेकपाको स्थायी कमिटिमा व्यापक छलफल हुनु पर्ने अडान गर्दै आएका छन् ।

लोकतन्त्रमा जनताले हराइसकेका वामदेवलाई फेरि उपनिर्वाचनमार्फत् सांसद बनाउनु खोज्नु लोकतन्त्रकै धज्जी उडाउनु सरह रहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

यसरी विभिन्न विरोध तथा आलोचनापछि नेकपाले वामदेवलाई चुनाव नलडाउने पक्षमा पुगेकाले उनको लामो प्रयासपछिको सांसद सपना फेरि अधुरै रहने भएको हो ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा एक पटक हारिकसका नेता वामदेवले चुनाव लड्ने विषयमा चर्को आलोचना भएको छ ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्