Logo
१५ चैत्र २०८०, बिहीबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी-जनजाती र उत्पिढित वर्गलाई सरकारले गुलामी गराउन खाज्यो, समर्थन फिर्ता लिन्छौं : कर्ण

काठमाण्डौ : राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले छठसम्म आफूहरुले भने अनुसारका माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।

अहिलेको सरकारले कामभन्दा पनि भाषण बढि गरेको आरोप लगाउँदै कर्णले तोकिएको समयसिमाभित्र माग पूरा गराउन सरकारसँग माग पनि गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुरा गर्दै कर्णले संविधान संशोधन र मुद्धा फिर्ता लिने काम तत्काल गर्न सरकारसँग माग गरे ।

मधेशी, जनजाती र उत्पिढित वर्गलाई गुलामीमा राखेर देशको विकास हुन नसक्ने भन्दै कर्णले संविधान संशोधन अपरिहार्य रहेको जिकिर गरे । राज्यले मधेशी जनतामाथि शोषण र अन्याय गरेको आरोप लगाउँदै कर्णले सबै जनताको अधिकार प्राप्त नभएसम्म देश विकास नहुने बताए ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्