Logo
६ चैत्र २०८०, मंगलबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय : प्रधानमन्त्री

काठमाण्डौ : ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको दावी गरेका छन् ।

कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएकोप्रति प्रशंसा गर्र्दै प्रधानमन्त्री ओलीले भने, ‘गौरवशाली इतिहास निर्माण गरेको प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय छ,’

उनले बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकामाथि केही आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले भने प्रहरीको काम कारबाही सम्मानजनजक भएको भन्दै प्रशंसा गरेका छन् । ‘नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको छ ।’

उनले भने, ‘मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेकोले प्रहरीको भूमिका सम्मानजनक छ ।’

प्रविधिको दुरुपयोग गरेर अन्तरदेशीय रुपमा हुने अपराध, आतंकवाद, अतिवाद दिनप्रतिदिन नयाँ स्वरुपमा देखापरेको भन्दै त्यसलाई रोक्न छिमेकी देशहरुसँग सम्बन्ध विस्तारमा उनले जोड दिए ।

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्