Logo
१२ बैशाख २०८१, बुधबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेव गौतमप्रति भीम रावलको आक्रोश, भन्छन् -“किन र कसका लागि चुनाव लड्ने?”

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमको विषयले यति बेला निकै चर्चा पाएको छ । काठमाडौं क्षेत्र नम्बरबाट चुनाव लड्ने भनिएको गौतमबारे सामाजिक सञ्जालहरुमा झन बढी आलोचना नै बढी भइरहेको छ ।

नेकपा भित्रैबाट कतिपय नेताहरुले वामदेवले चुनाव लड्ने विषयमा प्रश्न उठेका छन् । नेकपाका प्रभावशाली नेता तथा प्रदेश ७ का  इन्चार्ज भीम रावलले पनि वामदेवले चुनाव लड्ने सन्दर्भमा प्रश्न उठाएका छन् ।

उनले पार्टीको स्थायी समितिमा छलफल नगरिकनै वामदेवले कसका लागि चुनाव लड्ने ? भन्दै प्रश्न गरे । पार्टीको स्थायी समितिमा छलफल नगरिकनै वामदेवले कसका लागि चुनाव लड्ने र किन लड्ने भन्दै रावलले प्रश्न गरेका हुन् ।

रावलले रामवीर मानन्धरले सांसद पदबाट राजिनामा दिने कुरा समेत उपयुक्त नभएको संकेत गर्दै यी सबै विषयमा स्थायी समितिमा छलफल हुनु पर्ने माग गरेका छन् ।

‘को हो बामदेव गौतम ? अस्ती हार्नु भो, अब अर्को चुनाव आउछ फेरि लडोस् , अहिले नै के त्यस्तो प्रलाय नै आउने भयो ? किन अहिले नै उहाँ चुनाव नलडी हुँदैन’ एक नेताले उनको भनाई उदृत गर्दै भने ‘रावलजी गौतम प्रति निकै आक्रोसित देखिनु भएको छ ।’

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्