Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेव जस्तै नारायणकाजीका लागि पनि स्थान खाली गराइदै, नवराज सिलवालको राजिनमा आउने

काठमाडौं : उपनिर्वाचन गरेर भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वामदेव गौतमलाई सांसद बनाउने तयारी भइरहेकै बेला सोही पार्टीमा अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि सांसद बनाउनु पर्ने लविङ्ग सुरु भएको छ ।

गौतम चुनाव लड्ने पक्का पक्की भएपछि श्रेष्ठका लागि पनि निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्न दबाब सुरु भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्काे अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठकालागि पनि सांसद बनाउने वातावरण सृजना हुनुपर्ने भन्दै दवाब दिइरहेको बताइएको छ ।

श्रोतका अनुसार उनले ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई राजीनामा गराएर श्रेष्ठकालागि स्थान खाली गर्ने तयारी भइरहेको श्रोतको दावी छ ।

सिलवालले ललितपुरको निर्वाचन क्षेत्रमा आफूमाथि धोका भएको भन्दै प्रतिकृया दिने गरेका छन् । गृहमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले ढाँटेको भन्दै उनले विरोध गर्ने गरेको स्रोतले बताए ।

वामदेवको नाममा नेकपामा निकै तयारी भइरहाँदा श्रेष्ठलाई समेत सांसद बनाइनु पर्ने लविङ्ग सुरु भएको हो ।

नारायणकाजीलाई पनि सांसद बनाइयोस् भन्दै झलनाथको प्रस्ताव

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले संसदमा नरायाणकाजी श्रेष्ठको समेत आवश्यकता रहेको बताएका छन् । उनले एउटा अन्तरवार्ताको क्रममा संसदमा बामदेव गौतमको मात्रै नभएर नारायणकाजी श्रेष्ठको समेत आवश्यकता रहेको औंल्याएका हुन् ।

बर्दिया क्षेत्र नम्बर एक बाट पराजित भएका नेकपाका नेता बामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर सातबाट उप निर्वाचनमार्फत् सांसद बनाउन लागिएको छ । उक्त क्षेत्रका नेकपा सांसद रामवीर मानन्धरले गौतमलाई सांसद बनाउनकै लागि राजिनामा दिइसकेका छन् ।

सोही सन्दर्भमा लिइएको एउटा अन्तरवार्तामा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले संसदमा नारायणकाजीको समेत आवश्यकता रहेको र उनलाई पनि उप निर्वाचनमार्फत् सांसद बनाउनु पर्ने माग गरेका हुन् । गत वर्ष भएको प्रतिनिधि सभाको निर्वाचनमा नारायणकाजी श्रेष्ठ गोरखाबाट बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्