Logo
७ बैशाख २०८१, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासमा फड्को मार्न सक्नुपर्दछ : मन्त्री महासेठ

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताए । फागुन ३ मा केपी ओलीले सरकार गठन गरेपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने चर्चा गरेका छन् ।

सन् १९७६ मा चीनले क्रान्ति सम्पन्न गरेपछि ४२ वर्षमा विकासमा फड्को मारेको र साइप्रसलाई विकास हुन ४० वर्ष लागेको तथा मलेसियालाई १८ वर्ष लागेको स्मरण गर्दै उनले नेपालले त्यो भन्दा पनि छिटो विकासमा फड्को मार्न सक्नुपर्दछ भने ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्