Logo
१३ बैशाख २०८१, बिहीबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजका ‘भद्रभलाद्दमी पञ्च’ ले गराए धनुषामा जर्वजस्ती बाल विवाह

जनकपुरधाम : धनुषा स्थित पूर्वी क्षेत्रको एक गाउँमा १६ वर्षीय किशोर र १३ वर्षीया किशोरीको जर्वजस्ती विवाह गराएको घटना सार्वजनिक भएको छ । धनुषा जिल्लाको कमला नगरपालिका लक्कड टरियामाका ती किशोर किशोरीको उमेर नपुगी जबरजस्ती गाउँ समाजकै भद्रभलाद्दमीको पहलमा विवाह गराइएको घटना सार्वजनिक भएको हो ।

कमला नगरपालिकाको टरिया लक्कडमा दाहा मेला हेर्न गएका बेलामा किशोरी र किशोरीले एक आपसमा सामान्य कुराकानी गरेकै निहुँमा दुवैलाई जवरजस्ती समातेर विवाह गराइएको हो। यसरी भयो घटना असोज ६ गते मस्लिम समुदायको दाहा मेला हेर्न गएका दुवै किशोर किशोरीको बीचमा समान्य कुराकानी भएको थियो।

कुराकानी गरेकै निहुँमा अनेकन आरोप प्रत्यारोप लगाई गाउँका भद्रभलामदमी भनिएकाले केटालाई केटीको घरमा थुनेर राखियो। भोलि ल्ट असोज ७ गते ती दुई किशोररकिशोरी र घरपरिवारकै बिना मञ्जुरी जवरजस्ती विवाह गराइयो। विवाहको समयमा केटीको घरमै थुनेर राखेको केटाले आफू विवाह नगर्ने जिकिर गरे पनि किशोरीको आमाको सामुन्ने विवाह गराइएको थियो।

विवाह गर्न नमान्दा केटालाई त्यहाँका केही युवा तथा भद्र भलादमीले बाँसको लठ्ठी लिएर पिट्दै जवरजस्ती विवाह गराएका थिए। यति मात्र नभई गलत किशोर किशोरीले कुराकानी गरेकै निहुँमा दुवै परिवारबाट ५०र५० हजार रुपैयाँ जरिवाना समेत तिर्न लगाए। केटा पक्षले जरिवाना तिरे पनि केटी पक्षले जरिवाना तिर्न नसकेपछि उसको डोरीमा बाँधिएको भैंसी खोलेर लगेको थियो।

प्रहरीको सक्रियता यतिका घटनापछि असोज १७ गते मात्र प्रहरीले जानकारीमा आयो। जानकारी पश्चात् इलाका प्रहरी कार्यालय खजुरीको टोलीले घटनालाई छानविनको दायरामा ल्यायो। छानविनको क्रममा जबरजस्ती केटीको घरबाट खोलेर लगेको भैंसीलाई धनीलाई फर्काउने काममा सक्रियता देखायो।

त्यसपछि लक्कड टरियाका वडा अध्यक्ष शिवा पासमानको सहयोगमा पीडित परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराइन्। हाल उजुरीको प्रक्रियामा आवश्यक अनुसन्धान तथा घटना स्थलमा खिचिएका भिडियो तथा फोटोहरू जुटाउन प्रहरी लागेको र मुद्दा दर्ता प्रक्रियाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शेषराज थानेदारले जानकारी दिए।

प्रहरी निरीक्षक थानेदारले भने, ‘नियम र कानुनको खिल्ली उडाउँदै उमेर नपुगेका बालबालिकाको जवरजस्ती विवाह गराउने कसैलाई पनि प्रहरीले छोडदैन। अहिले मुद्दा दर्ताका लागि चाहिने आवश्यक कागजात संकलनमा लागेको छ। त्यो पूरा हुने वित्तिकै मुद्दा दर्ता गराई आवश्यक प्रक्रिया अगाडि बढाइने छ।’

यता लक्कडका वडा अध्यक्ष शिवा पासमानले आफू घटनाका दिन संयोगवश गाउँमा नरहेकोले घटना घट्न गएको बताए। उनले भने, ‘घटना अत्यन्त संवेदनशील छ, एउटा १३ वर्षीय किशोरी र १६ वर्षीय किशोरको जवरजस्ती विवाह गराउनु कानुनी अपराध हो। ’ त्यसैले कानुनी आधारमा गलत गरेकालाई कारवाहीको भागिदार हुनुपर्ने उनको तर्क छ। सो कुटपिट, अमानवीय व्यवहार गरी जबरजस्ती बालविवाह गराउने कार्यमा संलग्न लक्कड टरियाका पाँच जनाविरुद्ध किशोरीकी आमाले उजुरी समेत दर्ता गराएकी छन्।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्