Logo
|| October 10, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधेयक पारित भएपछि प्रदेशमा विकासले गति लिन्छ : मुख्यमन्त्री राउत

लहान : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन् । सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयक लगायतका विधेयक ल्याएको बताए ।

सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउँदै उनले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताए । प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गदै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उनले उल्लेख गरेका छन् ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो । सो कार्यक्रममा नेकपा, काङ्ग्रेस र राजपालगायतका विभिन्न पार्टीबाट सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकालाई मुख्यमन्त्री राउतले फूलमाला लगाई पार्टीमा स्वागत गरेका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार ११:०८

प्रतिक्रिया दिनुहोस्