Logo
८ बैशाख २०८१, शनिबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल मधेशी एसोसिएसनको अन्तरक्रिया : ‘मधेशको चौतर्फी विकासका लागि हरदम तयार’

काठमाडौं : विश्वभरी छरिएर रहेका मधेशी समुदायको छाता संगठन ग्लोबल मधेशी एसोसिएसनले मधेशको समृद्धिका लागि विभिन्न आयाम, चूनौती र अवसरको बारेमा वृहत अन्तरक्रिया गरेका छन् । सोमवार काठमाडौंमा आयोजिक कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञहरुले मधेशको वर्तमान साधन श्रोत, अवसर र चूनौतीको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा ग्लोबल मधेशी एसोसिएसनका सल्लाहकार राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिरपरिचत डा. श्री गोविन्द्र साहले मधेशको साधन, श्रोत, आवश्यकता र अगामी दिनमा गर्नु पर्ने कार्यहरुको बारेमा वृहत पेपर प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, कार्यक्रममा डा नागेन्द्र प्रसाद यादवले मधेशमा रहेको बन विनाश र यसको प्रभाव र असरका बारे विस्तृत जानकारी गराउँदै यसको रोकथामको बारेमा प्रेपर प्रस्तुत गर्नुभयो ।

उहाँले मधेशमा रहेको बन विनाश रोकिएर भने भावि दिनमा मधेशको जमिन बाँझो हुने, वातावरणीय प्रभावले मधेश मरभूमिमा परिणत हुने जिकिर गर्नुभयो । उहाँले तत्काल यो क्षेत्रको संरक्षण र सम्बर्दन हुनु अति जरुरी रहेको बताउनुभयो । कार्यक्रममा डा. किशोर कुमार झाले क्षेत्रियताको विकास र स्र्माट सिटीको बारेमा चर्चा गर्दै राज्यले मधेशको सहरी विकासमा ध्यान नदिएको भन्दै यसको विकास हुनुपर्नेमा जोड दिनु भयो ।

उहाँले मधेशका जिल्लाहरुलाई स्र्माट सिटीको रुपमा विकाश गर्नु पर्ने भन्दै यसका लागि ग्लोवल मधेशी समयले विदेशमा आर्जन गरेको शिप दक्षता र ज्ञानलाई सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । मधेश पर्यटनको सम्दर्भमा भिजिट मधेशमा नेपाल संयोजक ओम प्रकाश सर्राफले वृहत योजना प्रस्तुत गर्दै अगामी २०२० मा भिडिट मधेश अभियान सन्चालन गरेर मधेशमा रहेको पर्यटक स्थलको पहिचान, प्रचारप्रसार र सो क्षेत्रको अति आवश्यक विकासका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले मधेशमा प्रचुर पर्यटनको सम्भावना रहेको दाबी गर्दै राज्यले यसमा नदर अन्दाज गरेको बताउनु भयो । उहाँले मधेशको विकासको लागि स्थानीय पर्यटक स्थलको उचित व्यवस्थापन र लगानी हुन नसकेको समेत बताउनु भयो । उहाँले अबको दिन विदेशमा रहेका ग्लोबल मधेशी समुदायले वर्षमा एक जनाले एक जना विदेशी पर्यटकलाई नेपाल पठाउन सहयोग गरे मधेशको पर्यटन फस्टाएर जाने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, डा. आनन्द सिंहले मधेशको प्राविधिक योजना तथा पुर्वाधार निर्माणको बारेमा योजना प्रस्तुत गर्दै मधेश पुर्वाधार निर्माणका लागि पछि परेको भन्दै यस क्षेत्रमा ग्लोवल मधेशी समुदायको भूमिका अपरिर्हाय रहेको बताउनु भयो । कार्यक्रममा चर्चित युवा तथा युथ एसियाका अध्यक्ष सन्तोष साहले मधेशको सर्वाङ्गिक विकासका लागि ग्लोबल समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै ढिलै भए पनि ग्लोबल मधेशी एसोसिएसनले यसको नेतृत्व लिएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले नेपालबाट आफुले ग्लोबल मधेशी समुदायका लागि गर्नु पर्ने सहयोगका लागि हरदम तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा सहभागि हुनु भएका व्यक्तीहरुले पनि आ आफनो विचार राखेका थिए । सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, महिला जागरण लगायतको क्षेत्रमा ग्लोबल मधेशी समुदायको भूमिका महत्वपूर्ण रहेको उहाँले मधेशमा जनता ग्लोबल मधेशी समुदायबाट ठुलो अपेक्षा राखेको बताए ।

कार्यक्रममा चर्चित राजनीतिक विश्लेषक सिके लाल, विभिन्न राजनीतिक दलका नेता, अधिवक्ता, पत्रकार, विभिन्न क्षेत्रमा कार्यरत रहेका ३ सय ५० भन्दा बढी व्यक्तीहरुको विशेष उपस्थिती रहेको थियो । सहभागिहरुले अगामी दिनमा पनि ग्लोबल मधेशी एसोसिएसनले मधेशमा जिल्लामा पनि यस्ता कार्यक्रमहरु गर्दै जानु पर्ने सुझाएका थिए ।

कार्यक्रमको समापन गर्दै ग्लोबल मधेशी एसोसिएसनका अन्तराष्ट्रिय अध्यक्ष डा बिनोद साहले मधेशको विकासको लागि ग्लोबल मधेशी समुदाय काम गर्न इच्छुक रहेको बताउँदै यसका लागि सबै पक्षबाट सहयोगको लागि आव्हान गर्नुभयो । उहाँले आफुहरु राजनीतिक विषय भन्दा पनि विकासको क्षेत्रमा मधेशमा काम गर्न चाहेको स्पष्ट पार्दै अब मधेको समृदिको लागि एकताबद्ध भएर लाग्नुको विकल्प नरहेको आग्रह गर्नुभयो ।

उहाँले विभिन्न देशमा रहेको ग्लोबल मधेशी समुदायलाई एक ठाँउमा ल्याएर उनीहरुले आर्जनको गरेर ज्ञान, शिप र लगानीलाई मधेशको विकासका लागि ग्लोबल मधेशी एसोसिएसनको गठन भएको जानकारी गराउँदै यसको विभिन्न देशमा अब शाखा विस्तार गरेर थोर थोरै श्रम र शिपबाट आर्जन गरेको पैसा मधेशमा लगानी गरी सम्मुनत मधेशको निर्माणमा योगदान दिन आफु तयार रहेको बताउनु भयो ।

कार्यक्रम ग्लोबल मधेशी एसोसिएसनका नेपाल संयोजक पत्रकार अनन्त अनुरागले गरेका थिए । कार्यक्रममा एनआरएन अमेरिकाका बरिष्ट उपाध्यक्ष तथा मधेशी एसोसिएसन इन अमेरिका (मा) का संस्थापक अध्यक्ष सुनिल साह सहभागि हुने कार्यक्रम रहेपनि अन्तिम समयमा अस्वास्थताका कारण सहभागि हुन सक्नु भएन ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्