Logo
१३ बैशाख २०८१, बिहीबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्तका निम्ति न्याय माग्दै विद्यार्थी सडकमा

दाङ : दाङमा विद्यार्थीले निर्मलाका निम्ति न्याय माग्दै सडक प्रदर्शन गरेका छन् । तुलसीपुर आसपासका दर्जनौं विद्यालयका विद्यार्थीले सोमबार तुलसीपुरमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।

विद्यार्थीले निर्मलालाई न्याय दे, बलात्कारी र हत्यामा संलग्नलाई  फाँसी दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाउँदै बजारको परिक्रमा गरेका हुन्। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि बलात्कार र हत्यामा सम्लग्न व्यक्तिलाई सरकारले संरक्षण गरिरहेको उनीहरूको दोषारोपन थियो।

अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले सरकारले नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई संरक्षण गरेको आरोप लगाए।दुई महिना बित्दा समेत बलात्कारी र हत्याराको पहिचान गर्न नसक्ने गृहमन्त्रीको औचित्य समाप्त भइसकेको प्रदर्शनमा सहभागी महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरकी एक छात्रा रिता चौधरीले बताइन्।

 

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्