Logo
१२ बैशाख २०८१, बुधबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान

भद्रपुर : झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो ।

विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । रोकथामका लागि नगरपालिकाका स्वास्थ्य शाखाले प्रत्येक वडामा अभियान शुरु गरेका छन् । घरदैलोमार्फत नगर क्षेत्रमा अभियानको शुरुआत गरिएको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डेंगु रोग लाग्ने लार्भा नष्ट गर्न थालेका छन् । जमेको पानी पहिचान गरी लार्भा नष्ट गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको छ । मेचीनगर नगरपालिका–३ मा चार डेंगु रोगी फेला परेका थिए । उपचारपछि उनीहरू हाल स्वस्थ रहेको स्वास्थ्य शाखाका अधिकृत शशीकला राईले बताउनुभयो । गत वर्ष डेंगुका कारण पाँच सय बिरामी भएका थिए । केहीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्