Logo
१३ बैशाख २०८१, बिहीबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको ज्ञापनपत्र बुझ्दै ओलीले भने “छठसम्ममा समस्या समाधान हुनेछ” (ज्ञापनपत्रसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छठसम्ममा मधेशको सबै समस्या समाधान हुने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरूको तर्फबाट ज्ञापनपत्र बुझ्दै सोमबार राती प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार प्रधानमन्त्रीले मधेशको सबै समस्या आफनै कार्यकालमा हुने दावी गरेका हुन् ।

“हामीसँगको भेटमा प्रधानमन्त्रीले समस्याहरुको सिघ्र समाधानको उपाय खोज्न तत्पर रहेको र छठसम्ममा एउटा ठोस निष्कर्षमा पुग्ने बताउनु भयो” उनले भने छठसम्मको सिमा तोकेर नै प्रधानमन्त्रीजीले आश्वान दिनुभएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा शीर्ष नेताहरूले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । ‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि यहाँको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण हो’ प्रधानमन्त्रीलार्इ बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने राजपाको माग छ । नभए समर्थन फिर्ता लिने उसको चेतावनी छ

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्