Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षीया छोरीलाई आमाको जिम्मा लगाउँदै सीके राउतलाई राज्य विरुद्धको मुद्दा चलाइयो

रौतहट : जिल्ला प्रहरी गौरले डा. सीके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको छ । उनलाई सोमबार प्रहरीले अदालत पेश गरि अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका र बिभिन्न भड्किलो वक्तव्य दिँदै हिडेका राउत विरुद्ध पटक/पटक राज्य विरुद्धको अपराधका मुद्दा लगाइए पनि छुट्दै आएका छन्। उनलाई अदालत ल्याउने क्रममा बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

जिल्ला अदालत गौरमा राज्य विरुद्धको अपराधकै मुद्दाको तारेख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई आइतबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरीका डिएसपी महेन्द्र मरासिनिले राउतलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान थालेको बताए । पक्राउ पछि राउतका समर्थकहरु र गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि केही समय धर्नामा बसेका थिए। त्यस क्रममा समान्य झडप भएको थियो। प्रहरीको कुटाईबाट केहीलाई चोट समेत लागेको थियो।

उनी मधेशका बिभिन्न जिल्लाहरुमा गई स्वतन्त्र मधेशका बारेमा उक्साउने र त्यही अनुसारको वक्तव्य दिँदै आएका थिए। त्यस बिचमा पटक-पटक उनी प्रहरी हिरासतमा परेका थिए। प्रहरीले बिभिन्न जिल्लाहरुमा उनी माथि मुद्दासमेत चलाएको छ । उनलाई मुद्दा चलाउन म्याद थप गराइने भए पछि दिउँसो देखि कार्यकर्ताहरु अदालत वरपर जम्मा भएका थिए।

सादा पोशाकमा खटिएका प्रहरीले उनीहरु माथि निगरानी बढाएको थियो। राउतलाई हतकडी लगाइएको थिएन । प्रहरीको गाडीबाट बाहिर अाउना साथ उनले सबैलाई नमस्कार गरेका थिए । उनका साथमा सहयोगीहरु थिए। केही समय अदालतमा राखेर उनलाई प्रहरी कार्यालय लगिएको छ । बुवासँगै रौटहटबाट पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ । प्रहरीले राति नै छोरीलाई घर पुर्‍याइएको थियो। अदालतमा नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै छोरीलाई पनि प्रहरीले साथै लगेको थियो।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्