Logo
१२ बैशाख २०८१, बुधबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे चार करोड लागतमा आँखा अस्पताल भवन निर्माण

तुलसीपुर : करीब साढे चार करोड लागतमा आँखा अस्पतालको सुविधा सम्पन्न बहिरङ्ग सेवा भवन निर्माण सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ दाङद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भवन रु चार करोड ४९ हजार २३ हजार लागतमा सम्पन्न भएको हो ।

दातृ निकाय एनएबिपीको रु दुई करोड ९७ लाख ४९ हजार सहयोग र आँखा अस्पतालको अन्तरिक स्रोतबाट भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक नेत्रमणि लामिछानेले जानकारी दिनुभयो । भवन निर्माण गर्न रु छ करोड ९९ लाख २० हजार को लागत अनुमान भएपनि करीब ३५ प्रतिशत कम लागतमा भवन निर्माण सम्पन्न भएको राप्ती आँखा अस्पताल रक्षचौर तुलसीपुरका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।
भवन निर्माणसँगै आँखाका बिरामीलाई सहज भएको अस्पतालले जनाएको छ । यसअघि भवन नहँुदा बिरामीलाई निकै सास्ती हुँदै आएको थियो । एक सय श्ययाको अस्पतालमा दैनिक ८०० बिरामी अस्पतालमा आँखा जाँच गर्ने आउने गरेको अस्पतालका नेत्र विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत दाङमा दुई, कपिलवस्तुमा एउटा आँखा अस्पताल र साविक राप्तीका रुकुम रोल्पा, सल्यान र घोराहीमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिँदै आएको बताइएको छ ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्