Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् सलमान खानको घर बेहुली बनेर भित्रिन लागेकी हट सुन्दरी

मुम्बइ : भारतिय मिडियामा खबर आए अनुसार अब बलिउड स्टारहरु मध्य सलमान खानको घरमा बिबाह आउँदैछ । चर्चित सेलिब्रेटीहरुले बिबाह गरिरहेका बेला यो खबरले खुबै तताएको छ । तर सलमान खान आफैं बेहुला बन्न लागेका भने होइनन्।

सलमानले बिबाह नगर्दै उनका भाई अरबाज खान तातिएका छन् । अब उनी चाँडै बेहुला बन्न लागेका हुन् । अरबाजले आफ्नी गर्लफ्रेण्ड जर्जियासँग बिहे गर्ने भएका छन् । विगत केही समयदेखि अरबाज जर्जिया एड्रियानीसँग देखिएका छन् । यी दुईलाई धेरै पटक सार्वजनिक कार्यक्रममा देखिएको छ । अरबाजले मलाइका अरोरासँग सम्बन्धविच्छेद गरेर १८ वर्ष पुरानो सम्बन्ध तोडेका थिए ।

बिहेको खबरका विषयमा खान परिवारले अहिलेसम्म केही बोलेको छैन । केही दिनअघि अरबाजले जर्जियासँगै आफ्नो ५१ औं जन्मदिन मनाएका थिए । जर्जियाले अरबाजसँगका केही तस्वीर समेत शेयर गरेकी थिइन् । उनी एक चर्चित मोडल हुन् । उनका तस्विर बेला–बेला भइरल बनिरहेका हुन्छन् ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्