Logo
७ बैशाख २०८१, शुक्रबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवार्ड समारोहमा प्रियंकाले लगाइन् यति महंगो ड्रेस, जुन ड्रेसको मुल्यले एकजनालाई ५ दिन बैंकक घुमेर फर्किन पुग्छ

प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा पुगिन् । कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन् । सबैभन्दा बढी चर्चामा छ प्रियंकाले लगाएको ड्रेस जो उनले इभेन्टका क्रममा लगाएकी थिइन् ।

भारतीय मिडियाका अनुसार प्रियंकाले कार्यक्रममा डायोन लीको जो टप र स्कर्ट लगाएकी थिइन् त्यसको मूल्यले मुम्बइबाट बैंकक पुगेर घुरेर फर्किन सकिन्छ । प्रियंकाको टपको मूल्य २१ हजार र स्कर्टको मुल्य ४० हजार भएको बताइएको छ ।

उनको कूल ड्रेसको मूल्य ६१ हजार हुन आउँछ । जबकि मुम्बइबाट बैंकक टुरको प्याकेज दिने कम्पनीले ५५ हजारमा ४ दिन र ४ रातको प्याकेज दिन्छन् जसमा हवाइ भाडासहित बैंकक बस्ने होटल भाडा र खाना खर्च पनि संलग्न गरिएको छ ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्