Logo
१५ चैत्र २०८०, बिहीबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढाउन छाडेर राजधानीमा प्रर्दशन गरेका शिक्षकहरुसँग ३ बुँदे सहमति

स्वतः स्थायी गर्ने नीतिगत प्रावधान राख्न माग राख्दै आन्दोलित बनेका सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । चार बुँदे माग पेश गर्दै देशभरका करिब ४० हजार राहत शिक्षक आन्दोलित भएका थिए । सोमबार शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा सहमति भएको हो।

केन्द्रका महानिर्देशक बावुराम पौडेलकाअनुसार नेपाल राहत शिक्षक केन्द्रिय समितिसँग मन्त्रालयका वार्ता समितिका संयोजक तथा सहसचिव सुर्यप्रसाद गौतमको टोलीले वार्ता गरेको थियो।

राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको पौडेलले जानकारी दिए।

आइतबार राहत शिक्षकहरुले पढाउन छाडेर राजधानीमा प्रर्दशन गरेका थिए। शिक्षकहरु आन्दोलित बनेपछि वार्ता र सहमतिमा आउन पत्राचार गरेका थियो।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्