Logo
११ बैशाख २०८१, मंगलबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्या पछि सुरूवाल पखाल्ने चाँदनी साउद र अनुसन्धान गर्ने हरसिंह धामी निलम्बित

काठमाडौ :  निर्मला हत्या प्रकरणः सुरूवाल पखाल्ने चाँदनी साउद र क्राइम सिन गर्ने हरसिंह धामी निलम्बित प्रहरी प्रधान कार्यालयले कञ्चनपुरको भीमदत्तगरपालिका -२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरीलार्इ निलम्बन गरेको छ । निर्मलाको सुरूवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । चाँदनीले निर्मलाले लगाएको सुरूवाल खोलेर पानीमा पखालेकी थिइन् । सुरूवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ ।

निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् । चाँदनी र धामी निलम्बनमा परेसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ ।

बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ । स्थानीयले समेत उनीहरुमाथि घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काम मा सक्रिय रहेका आरोप लगाउँदै आएका थिए। पन्तको हत्याको सम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका छनविन गर्न प्रहरी प्रधान कार्यालयले एक छानविन समिति गठन गरेको थियो ।

छानविन समितिकै सिफारिसमा उनीहरुलाई निलम्बन गरिएको केन्द्रिय प्रवक्ता शैलेश थापाले जानकारी दिए । ‘साउद र धामीले घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरबाही गरेको पाइएएकाले उनीहरुलाई प्रहरी नियमावली अनुसार निलम्बन गरिएको हो,’ प्रधानकार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस अघि एपी डिल्लीराज विष्टसहित पाँच जना प्रहरी निलम्बनमा परिसकेका छन् ।

भिमदत्त नगरपलिका २ उल्टाखामकी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानमा प्रमाण संकलन गर्नुको साटो लोप गर्नेतर्फ लागेको भन्दै प्रहरी संगठनकै आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्