Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धावनमार्गमा यति एयरलाइन्सको जहाजमा स्याल ठोकियो

नेपालगन्ज स्थित विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोगिएको छ । अवतरणका लागि रनवेका क्रममा स्यालसँग जहाज ठोकिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

रनवेमा स्यालको बच्चा एक्कासी आएपछि जहाज ठोकिएको बताइएको छ । जहाज र यात्रु जन सकुशल छन् ।  जहाजको निरिक्षणपश्चात् पुनः सुचारु गरिने बताइएको छ । बेला-बेलामा विमान स्थलभित्र स्याल पसेर अवतरणमा बाधा पु-याउने गरेका छन् ।

स्यालको सुरक्षा चूनौती देखिएको छ विमानस्थल स्रोतले बताएको छ । आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो ।

 

 

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्