Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयमा पढाउन छाडेर पोसाकमै राहत शिक्षकहरु र्‍यालीमा ‘फोटोफिचर’

काठमाण्डौं : राहत शिक्षकहरुले स्थायीको मागसहित आइतबार अपराह्न काठमाडौंमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । शिक्षकहरु विद्यालयको पढाई छाडेर पोसाकसहित सहभागी थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका काठमाडौँ महानगरपालिका समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ ।”

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।

केन्द्रीय आन्दोलन परिचालन समितिको अगुवाईमा माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त दबाब र्‍यालीमा सहभागीले राहत शिक्षकको इच्छा, गुणस्तरीय शिक्षालगायत नारा लगाएका थिए । राहत शिक्षकहरुले निर्माणाधीन संघीय शिक्षा ऐनमा पेसागत सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्