Logo
७ बैशाख २०८१, शुक्रबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले हरायो

काठमाडौं : आईसीसी विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ ।

मलेसियाको क्वालालाम्पुरमा आइतवार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले पेश गरेको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो । त्यसपछि खेल प्रभावित हुँदा नेपाल डीएल मेथोडमा १४० रनले विजयी भयो ।

नेपाली बलरसामु थाइ ब्याट्सम्यान निरीह देखिए । यसक्रममा सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिए । सन्दीपले ३ ओभर बलिङ गर्दा मात्र ८ रन खर्चिएर ५ विकेट लिएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोडेको थियो ।आक्रामक शुरूवात गरेर बीचमा लरखराएको नेपाली पारीलाई करण केसीले आक्रामक ढंगले अन्त्य गर्दै सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए ।

१४ बल खेलेका केसीले ४ छक्का र २ चौकाको मद्दतमा ४० रन जोडे ।उनका अलावा शरद भेसवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ तथा विनोद भण्डारीले १५ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।थाइल्याण्डका लागि पयुपथ सुंनगनार्डले सर्वाधिक ४ विकेट लिए । जीतसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब नेपालले चीन, भुटान र सिंगापुरसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्