Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै स्वतः स्थायीको माग सहित राहत शिक्षक सडकमा 

काठमाडौं : राजनीतिक पहुँच र पैरवीको माध्यमबाट भर्ती भएका राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आहृवानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्