Logo
१२ बैशाख २०८१, बुधबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको उत्कृष्ट ब्रान्डमा गुगललार्इ उछिन्यो एप्पलले,नवौँ स्थानमा झर्यो फेसबुक

सान फ्रान्सिस्को :  ग्लोबल ब्रान्ड कन्सल्टेन्सी इन्टरब्रान्डले बिहीबार ‘बेस्ट-१०० ग्लोबल ब्रान्ड २०१८’ सूची सार्वजनिक गरेको छ । जस अनुसार गुगललार्इ पछि पारेर एप्पल विश्वकै टप ब्रान्ड बनेको छ ।

अर्कातिर ५ करोड भन्दा धेरै युजरको डाटा चोरीको लफडामा फसेको विश्वकै सबैभन्दा ठुलो सामाजिक सञ्जाल सञ्चालक कम्पनी फेसबुक आठौँ स्थानबाट नवौँ स्थानमा धकेलिएको छ । एजेन्सीका अनुसार ५६ प्रतिशत प्रगतिका साथ अमेजन विश्वको तेस्रो टप ब्रान्ड बनेको छ । सन् २०१७ को सूचीमा यो पाँच नम्बरमा थियो ।

१० प्रतिशत बढ्यो गुगलको ब्रान्ड भ्याल्यु

यो सूची अनुसार एपप्लको ब्रान्ड भ्याल्यु १६ प्रतिशत बढेको छ । यो १८४ अर्ब डलर (२१.६८ लाख करोड रुपैयाँ) बाट २१४.५ अर्ब डलर (२५.२९ लाख करोड रुपैपाँ) पुगेको छ। एप्पल अमेरिकाको यस्तो पहिलो कम्पनी हो जस्को मार्केट क्याप एक लाख करोड डलर छ ।

दोस्रो नम्बरमा रहेको गुगलको मार्केट भ्यालु १० प्रतिशत बढ्दै १५५.५ अर्ब डलर (१७.९४ लाख करोड रुपैयाँ) भएको छ । सन् २०१७ मा यस कम्पनीको ब्रान्ड भ्याल्यु (1६.६२ लाख करोड रुपैयाँ) अनुमान गरिएको थियो ।

१००.८ अर्ब डलर (११.७७ लाख करोड रुपैयाँ) को भ्याल्युसहित अमेजन तेस्रो नम्बरमा रहेको छ । अघिल्लो साल यसको ब्रान्ड भ्याल्यु ६४.७ अर्ब डलर (७.६२ लाख करोड रूपैयाँ) थियो।

चौथे नम्बरमा माइक्रोसफ्ट छ । जसको ब्रान्ड भ्याल्यु २०१७ मा ७९.९ अर्ब डलर (९.४१ लाख करोड रूपैयाँ) थियो। यो बढेर ९२.७ अर्ब डलर (१०.९३ लाख करोड रूपैयाँ) पुगेको छ ।

६६.३ अर्ब डलर (७.८१ लाख करोड रूपैयाँ) को ब्रान्ड भ्याल्युसहित कोकाकोला पाँच नम्बरमा र सामसङ ५९.८ अर्ब डलर (७.०६ लाख करोड रूपैयाँ) सहित छैटौँ स्थानमा कायम छ ।

क्याम्ब्रिज एनालिटिका डाटा घोटालापछि फेसबुकको ब्रान्ड भ्याल्यु ६% घटेको छ । यो शीर्ष ब्रान्डको सूचीमा नवौँ  नम्बरमा रहेको छ । सन् २०१७ मा फेसबुकको ब्रान्ड भ्याल्यु ४८.१ अर्ब डलर (५.६६ लाख करोड रूपैयाँ) थियो, जो अब ४५.१ अर्ब डलर (५.३० लाख करोड रूपैयाँ) मा सीमित भएको छ ।

इन्टरब्रान्डका ग्लोबल चीफ  एक्ज्युकेटिभ चार्ल्स ट्रेब्यालका अनुसार सबै ब्रान्डले आफ्ना ग्राहकको नसा नसा छामेर यति सफल भएका हुन् । उनले एलन मस्कको कम्पनी टेस्ला टप-१०० ब्रान्डबाट बाहिरिएको बताए । जुन सन् २०१७ मा यो सूचीमा थियो ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्