Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरका महिलाहरुलाई झुक्केर पनि यी २ शब्दले बोलाउदा हुने गर्छ अनिष्ट !

हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास  हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। आज हामी तपाईहरुलाई दुई वटा यस्ता शब्दहरु बताउने छौँ जुन शब्द प्रयोग गरि घरका महिलाहरुलाई बोलाउदा लक्ष्मी माता रुष्ट हुने र विभिन्न समस्याहरुले घेर्ने गर्छ।

हरेक व्यक्तिको जीवनमा आफ्नो छुट्टै बाध्यता हुने गर्छ। महिला वा पुरुषहरु आफू र आफ्नो परिवारको जीवनयापनका लागि दिनभर जागिर व्यापारमा व्यस्त रहने गर्छन। केही महिलाहरु आफ्नो दैनिकी चलाउनु पर्ने बाध्यताका कारण यौनजन्य कार्यहरुमा समेत संलग्न  भएको देख्न सकिन्छ। हाम्रो समाजमा यस्ता महिलाहरुलाई  बेश्या शब्द प्रयोग गरिन्छ तर यो शब्द झुक्केर पनि आफ्ना घरका महिलाहरुलाई बोल्दा लक्ष्मी माता रुष्ट हुने र घरमा अशान्ति , आर्थिक संकट र विभिन्न बाधा अड्चन आउने गर्छ।

कुनै प्राकृतिक कमिको कारण संसारका केही महिलाहरु सन्तान जन्माउनबाट बन्चित हुने गर्छन। यस्ता महिलाहरुलाई समाजमा अपमान गर्ने र बाँझी भन्ने शब्द प्रयोग गरेमा ठूलो पाप साबित हुने गर्छ। यो एक शब्दले तपाईको जीवननै असफलताको भूमरी फस्न सक्छ। घरका महिलामा यस्तो शब्द प्रयोग गरेमा लक्ष्मी माताको ठूलो श्राप लाग्ने, जीवनमा ठू-ठूला समस्या सामना गर्नुपर्ने र हरेक समय आर्थिक संकटले घेर्ने गर्छ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्