Logo
१३ बैशाख २०८१, बिहीबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री थापाको राजीनामा र प्रहरी प्रमुख खनाललाई बर्खास्त गर्न माग

काठमाडौं : कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका सर्वसाधारण र सामाजिक अगुवाहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् । निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुसहितको प्रर्दशनमा हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग पनि गरिएको छ ।

प्रदर्शनकारीहरुले सरकार बलात्कारी सामू लाचार भएको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पहल नगरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्