Logo
|| October 6, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्तमान सरकार ‘नालायक’ : सुदूरपश्चिमको राजधानी विरुद्ध उत्रन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको टिप्पणी गर्दै सरकारको चर्को आलोचना समेत गरेका छन् ।

शनिबार नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाएका छन् । उनले वातावरणीय लगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोक्ने निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

रुख काट्ने र ऐसआराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ । देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसाबले धनगढीमा उपयुक्त हुने तर्क पनि गरेका छन्।

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार १६:०२

प्रतिक्रिया दिनुहोस्