Logo
१५ चैत्र २०८०, बिहीबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुलसीपुरदेखि नेपालगञ्ज जाँदै गरेको माइक्रो बस जङ्गलमा दुर्घटना, ६ को मृत्यु

काठमाडौं : प्रदेश ५ स्थित दाङको तुलसीपुरदेखि नेपालगञ्ज जाँदै गरेको माइक्रो बस बाँकेको ठुटे जङ्गलमा दुर्घटना भएको छ । हायसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रा १ ख १६६२ नम्बरको माइक्रो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन ।

दुर्घटनामा  दाङ तुल्सीपुर निवासी ३२ वर्षीय तुल्सी रावत र सोही ठाँउ निवासी २६ वर्षीय बसन्ती चौधरीको मृत्यु भएकाे छ भने अन्य ४ जनाको शनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाईते भएका १७ जनाको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । माइक्रो लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

यसैबिच घटनाको जानकारी लिन बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल अस्पताल पुग्नुभएकाे छ । घटना लगत्तै प्रमुख जिल्ला अधिकारी, शसस्त्रका एसपी भेषबहादुर शाहा लगायत शुरक्षा निकायका प्रमुखहरुसहित अस्पताल पुगेका भुजेलले घाईतेहरुको उपचारमा कुनै कमी नराख्न निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्