Logo
११ बैशाख २०८१, मंगलबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्वेन्टी-ट्वेन्टी विश्वकप छनौट : नेपालले पायो १०१ रनको लक्ष्य

सन्दीप लामिछाने

ICC ले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धा अन्तर्गत मलेसियासँगको खेलमा नेपालले १०१ रनको लक्ष्य पाएको छ । मलेसियाका लागि शाफिक शरिफले ३७ बलमा सात चौका र दुई छक्काको सहयोगमा ४९ रन तथा सैयद अजिजले १५ बलमा १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । क्वालालम्पुरमा टस जितेर मलेसियाले ब्याटिङ्ग गरेको मलेसियाले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर १०० रन बनायो ।

नेपालका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा मात्रै २० रन खर्चेर पाँच विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले तीन विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट लिएका छन् । पहिलो खेलमा म्यानमारमाथि ८ विकेटको शानदार जित निकालेको नेपाली टोली उत्साहका साथ मैदानमा छ । मलेसियाले पनि पहिलो खेल जितेको छ । नेपाल रहेको समूहमा मलेसियासँगै म्यानमार, भुटान, थाइल्याण्ड, सिंगापुर र चीन रहेका छन् ।

प्रतिस्पर्धाको शीर्ष तीन टोली छनौटको दोस्रो चरणमा पुग्ने छन् अर्थात एसियाली छनौटमा पुग्ने छन् । एसियाली छनौटमा ६ टिम हुनेछन् र त्यसका शीर्ष दुई टिम विश्वस्तरीय छनौटमा पुग्ने छन् ।

एसियाली क्षेत्र अन्तर्गत पश्चिम क्षेत्रको छनौटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा पुगेका छन् । अहिलेको छनौटमा नेपाल अरु भन्दा बलियो टिम रहेकाले अघिल्लो चरण पुग्ने सम्भावना बलियो रहेको छ । विश्व स्तरको छनौटमा ट्वेन्टी–ट्वेन्टी बरियतामा अन्तिममा रहेका ६ टिम र विभिन्न पाँच क्षेत्रबाट छनौट भएर आएका ८ टिम हुनेछन् ।

 

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्