Logo
१५ चैत्र २०८०, बिहीबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् शारिरीक सुगठनका नेपाली खेलाडीहरु (फोटोहरु)

काठमाडौँ : १३ औँ धर्मश्री विजेता तथा ५०औँ एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जन धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल भएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एण्ड जिम कालीमाटीका महेश्वर शनिबार आयोजना हुने १५औँ धर्मश्रीको उपाधि नजीक पुगेका हुन् । उनका साथै उक्त तौल समूहमा मिडवेस्टर्नका विष्णु विक, सेप टू ढल्कोका उज्जल बज्राचार्य, फिटनेस स्टुडियोका प्रवीन शाही, सेप टू ढल्कोका विशाल कँडेल र आयोजक नेपाल व्यायाम मन्दिरका जनम लामा रहेका छन् ।

प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने शहीद तथा व्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट आयोजना गरिएको प्रतियोगिताको १५औँ संस्करणको अन्तिम चरणका लागि छनोट हुन सफल ५५ केजी तौल समूहमा उज्जल जिम तथा जुम्बाका किसन दास दिवाकर, फ्लेक्स जिमका सुजन गुरुङ, बुटवल फिटनेसका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल व्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री रहेका छन् ।

नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा ६० केजी तौल समूहबाट फिटनेस स्टुडियोका गौरभप्रसाद श्रेष्ठ, फिटनेस स्टारका यदुकुमार विश्वकर्मा, नेपाल व्यायाम मन्दिरका शैलेन्द्रकुमार शर्मा र सुजन तामाङ, ओम फिटनेसका मीनबहादुर चौधरी तथा नेपाल व्यायाम मन्दिरका आशिष देवाजु पनि छनोट भएका छन् । प्रतियोगिताको ६५ केजी तौल समूहमा मि हिमालय रामबहादुर दाहाल छनोट भए । नेपाल व्यायाम मन्दिरका दाहाल नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घद्वारा २०६९ सालमा आयोजना गरिएको चौथौ मि हिमालयका विजयी हुन् ।

यस्तै सोही तौलमा ओम फिटनेसका फिरदोस दापाली हासमी, फिटनेस फस्र्टका रोजिन बज्राचार्य, बुटवल फिटनेसका विजेन्द्रमान श्रेष्ठ, सेप टू ढल्कोका विवेक बिष्ट, फिटनेस स्टुडियोका सुपेन डङ्गोल पनि छनोट हुन सफल भए । ७० केजी तौलमा सेप टू ढल्कोका उज्जलराज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेस स्टुडियोका बद्री श्रेष्ठ, ब्रोन्ज फिटनेसका किरण श्रेष्ठ तथा नेपाल व्यायाम मन्दिरका सञ्जीव श्रेष्ठले पनि फाइनल चरणका लागि स्थान बनाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सी फिटनेसका ललित धिमाल, रिभर फिल्ड फिटनेसका अशोक महर्जन, सेप टू ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नविन राना, गुड लाईफका सुरेश खड्का तथा नेपाल ब्यायाम मन्दिरका प्रवेश के.सी. पनि अन्तिम चरण प्रवेश गर्न सफल भए ।

यसैगरी ८० केजी माथिको हेभी वेटमा शङ्खमूल हेल्थका अमर डङ्गोल, कम्पिल्टी हेल्थ क्लबका अनोज मास्के, फिटनेस स्टुडियोका दीपेश श्रेष्ठ, नेपाल व्यायाम मन्दिरका मिलनविक्रम सिजापती र ग्रिस महर्जन तथा मस्कुलिन जिमका शौरभकुमार गिरी पनि अन्तिम चरण प्रवेश गरे । शुक्रबार भएको प्रिजजिङ चरणबाट आ–आफ्ना प्रतिद्वन्दीलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीले धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

धर्मश्री विजेताले रु पाँच लाखसहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् । यस्तै प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले एक लाख, चौथोले ९० हजार, पाँचौँले ८० हजार, छैटौँले ७५ हजार र सातौँ स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्