Logo
१५ चैत्र २०८०, बिहीबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्दा उठाउँदै गर्दा जनकपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

जनकपुरधाम : जनकपुरमा विपल्व समूहको नाउमा चन्दा उठाइरहेका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार दिउसो डेढ बजे जनकपुर उपमहानगरपालिका-७ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका-२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१ भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

केही व्यक्तिहरु विप्लव समूहको नाउँमा चन्दा उठाइरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले क्षेत्री र कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रवीण शाहीले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकल, विभिन्न किसिमका दस्तावेज, चन्दा रसिदलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्