Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सिमा क्षेत्रको ग्रामिण नाकामा पनि संयूक्त ‘हेल्प डेस्क’ स्थापाना

नेपाल भारत सिमा क्षेत्रको ग्रामिण नाकामा संयूक्त नागरिक सहायता कक्ष ‘हेल्प डेस्क’ स्थापाना गरिएको छ । सुनसरी स्थित हरिनगर गाँउपालिका र भारत बिहारको घुराना समेत, बसन्तपुर, शिशुवा, लगायतका क्षेत्रमा संयूक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । गाउपलिकाका अध्यक्ष गफार अन्सारीको प्रमुख आतिथ्यमा शासस्त्र बल, घुस्की र भारतीय सिमा सुरक्षा बल (SSB) घुर्नाको संयुक्त आयोजनामा उक्त नागरिक सहायता कक्षको शुक्रवार उद्घाटन गरिएको हो ।

घुस्की घुरणा नाका स्थित संयूक्त नागरिक सहायता कक्षको उद्घटन गर्दे गाँउपालिका अध्यक्ष अन्सारीले दुई देशको आपसी हितका लागि सुरक्षा स्तरबाट सुनौलो प्रयास भएको बताए । ‘दुई देशबीच हाम्रो जून मैत्री समन्ध छ, त्यसलाई अझ मजबुत बनाउन दुवै देशको सुरक्षाकर्मीले गरेको प्रयासलाई म सारहाना गर्न चाहान्छु’ उनले भने ‘सिमा क्षेत्रका बासिन्दा अब भयमुक्त भएर खुशीका साथ चाँडवाँड बनाउनेछन् ।’

‘दसैं-तिहार, छट लगायतका चाँडवाँड बनाउन नागरिकमा कुनै किमिको त्रास नहोस्, कोहि न लुटियोस् आदि सुरक्षा मजबुतीका लागि यो प्रयास गरिएको’ शसस्त्र प्रहरी बल घुस्कीका इन्चार्ज दिलकुमार पन्तले बताए । उनले भने ‘हामि दुवै देशका नागरिकलाई भयमुक्त बनाउने प्रयास थालेका छौं ।’

भारतीय सिमा सुरक्षा बल घुर्नाका प्रमुख मन्तोश कुमारले सुरक्षा कर्मी नै आम नागरिका सुरक्षा कवच भएकाले त्यसको अनुभूतीका लागि यो नेपाल भारतको संसक्त सुरक्षा प्रयास भएको बताए । कार्यक्रममा उक्त क्षेत्र अर्थात हरिनगर वडा न ६ का अध्यक्ष इस्राइल अन्सरी, वडा न ७ का अध्यक्ष नसिर खान, नेपाल प्रहरी घुस्किका प्रमुख गोपाल अधिकरी, यूवा ब्यवसायी तथा समाजसेवी नइम अन्सारी लगयत दुवै देशका स्थानिय बुद्धिजिविहरु उपस्थिति रहेका थिए ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्