Logo
१३ बैशाख २०८१, बिहीबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैंका लागि २१ गतेदेखि नयाँ नोट वितरण, २७ हजारसम्म साट्न पाईने

काठमाडौं : बडादशैंलाई लक्षित गर्दै राष्ट्र बैङ्कले असोज २१ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सफा नोट वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथलीले बिहीवारसम्म करीब रू ८ अर्बको नयाँ नोट बैङ्क तथा वित्तीय संस्थाहरूलाई सटही दिइसकेको छ ।

असोज १४ गतेदेखि २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट नयाँ नोट सटही लिन पाउने व्यवस्था गरिएको छ ।

सर्वसाधारणले नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य र कृषि विकास बैङ्कका शाखाबाट असोज २९ गतेसम्म नयाँ नोट साट्न पाउने छन् । यसबाहेक आफ्नो खाता रहेको बैङ्क तथा वित्तीय संस्थाबाट समेत सो अवधिमा नयाँ नोट पाउन सकिने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए ।

मुद्रा व्यवस्थापन विभागको सूचनाअनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका गरी प्रतिव्यक्ति अधिकतम २७ हजारसम्मका नयाँ नोट साट्न पाउनेछन् । यो सुविधा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट पनि पाइनेछ ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्