Logo
८ बैशाख २०८१, शनिबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ वर्षको रेकर्ड तोड्दै भारतीय प्रधानमन्त्री मोदी ५ वर्षमा पाचौं पटक नेपाल आँउदै

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै देशको १७ वर्षे रेकर्ड तोड्दै फेरि नेपाल भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफ्नो ५ वर्षे कार्यकालमा उनको यो पाचौं नेपाल भ्रमण हो ।

यसअघी वर्षैपिछे नेपाली प्रधानमन्त्री भारत जाने गरेता पनि भारतीय प्रधानमन्त्री भने १७ वर्षसम्म नेपाल आएका थिएनन । यसमा भारतीय कंग्रेसको तर्फबाट प्रधानमन्त्री रहेका डा. मनमोहन सिंहकै कार्यकाल १० वर्षको रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आगामी मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन् । जयनगर–कुर्था-बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न उनी १२ मंसिरमा नेपाल आउने योजना छ । यो भ्रमणमा उनी काठमाडौं भने आउने छैनन् ।

भ्रमणको तयारीका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीसहित दिल्लीबाट आएको एड्भान्स टोली बिहीवार जनकपुर जाँदैछ । कूटनीतिक स्रोतका अनुसार मोदी १२ मंसिरमा जनकपुर आएर १३ मा पटना फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदी एकरात जनकपुरमै बस्ने सम्भावना भए पनि यसबारे औपचारिक तय भइसकेको छैन । तर जनकपुर भ्रमण लगतै उनी भारतको बिहार भ्रमणमा जानेछन् ।

जयनगर-कुर्था रेल्वे खण्ड हस्तान्तरण गरिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नेपाली समकक्षी केपी ओलीलाई जयनगगर–जनकपुर–बर्दिबास रेल्वेको पहिलो खण्ड हस्तान्तरण गर्ने कार्यक्रम छ ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल्वे लाइन कात्तिकसम्म तयार हुँदै छ । दुई देशका प्रधानमन्त्रीले रेलमार्गको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रदेश २ सरकारका वरिष्ठ मन्त्री जितेन्द्र सोनलले भारतका प्रधानमन्त्री मोदीको भ्रमणबारे सुने पनि आधिकारिक च्यानलमार्फत जानकारी आइनसकेको बताए ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला सन् २०१० मा दुई सरकारबीच भारतले जयनगर-जनकपुर-बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

पाँच वर्षमा चार भ्रमण

मोदीले पाँच वर्षमा चारपटक नेपालको भ्रमण गरेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रो विदेश यात्राका रूपमा १९ र २० साउन ०७१ मा पहिलोपटक नेपाल भ्रमणमा आएका थिए ।

त्यसको चार महिना नपुग्दै १० मंसिर ०७१ मा सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन दुई दिने कार्यतालिकासहित नेपाल आए ।

उनी २८ वैशाख ०७५ मा नेपालको दुई दिने राजकीय भ्रमणमा आए । त्यतिबेला उनले काठमाडौं, जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि १४ भदौमा दुई दिने भ्रमणमा फेरि नेपाल आए ।

 

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्