Logo
१३ बैशाख २०८१, बिहीबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको आकाँक्षा र भावनाअनुसार काम भएन, सरकार पूर्ण रुपमा असफल भयो : यादव

राजविराज : राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरुपमा सरकार असफल भइसकेको विचार व्यक्त गर्नुभएको छ ।

राजपा नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले सकेको छैन भन्नुभयो ।

मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै उहाँले मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने विचार राख्नुभयो ।

अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको बताउँदै संविधान संशोधन हुनुपर्ने जिकिर गर्नुभयो ।

निजगढ विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै अध्यक्ष यादवले वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने धारणा राख्नुभयो ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्